• 6:21 pm

जापान सरकारले कांग्रेसका नेता पौडेललाई विभूषणबाट सम्मानित

प्रकाशित मिति

२०७९ मंसिर २९ गते, बिहीबार ०५:१३

२९ मंसिर २०७९, काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (बिहीबार) अपरान्ह सम्मानित गरेको छ । आज बिहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । जापान सरकारको तर्फबाट नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सम्मान गरेका हु्न् ।


नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो । तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई बिहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्यो ।


पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गरे । पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए। पौडेललाई विशेषत: पूर्व सभामुखको हैसियत र त्यसपछि सुदृढ जापान-नेपाल सम्बन्धका लागि कदर गरिएको हो । महत्वपूर्ण घडीमा दह्रो निर्णय लिन सक्ने निष्ठा, बौद्धिकता, त्याग, सैद्धान्तिक लेखपढ, संघर्ष र अनुभवमा समकालीन राजनीतिज्ञहरुमध्ये उनको स्थान अग्लो छ।


कार्यक्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पौडेलले सम्मान गरेकोमा नेपाल सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद व्यक्त गरे ।

प्रतिकृया