• १२ असोज २०८३, सोमबार
  • १ः५५ दिउँसो

१२४ मतले चुनाव हारेका यादवले पुनःगणनाको माग गर्दै सर्वोच्चमा दिए निवेदन

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०५:१२

२८ मंसिर २०७९, काठमाडौँ : झिनो मतान्तरले धनुषा ४ बाट चुनाव हारेका कांग्रेसका महेन्द्र यादवले पुनःमतणनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका छन् ।

National Life

मंसिर ४ गते भएको चुनावमा उनी एमालेका रघुवीर महासेठसँग जम्मा १२४ मतले पराजित भएका थिए। महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत पाएका थिए ।


संवैधानिक इजलासले हेर्ने मुद्दामा यादवले निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय र निर्वाचित महासेठलाई विपक्षी बनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया