• १२:०६ २०८० फाल्गुन १३ गते
  • 12:06 pm

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा व्याज छुट

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०३:५२

asian life

२२ कार्तिक २०७९, काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने व्याजमा छुट दिन भएको छ । २०७७ कार्तिक २० गते देखि २०७९ कार्तिक २१ गते भित्र व्यतित भएका बीमालेखहरु नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कका ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको हो । व्यतित बीमालेखमा छुट पाउनको लागि मंसिर २१ गते भित्र नविकरण गर्नुपर्ने कम्पनीले जनाएको छ ।


२०८० कार्तिक २० गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखहरुमा भने व्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । यस्तै जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात एक पटक व्याज छुट लिइसकेका बीमितहरुले पनि पुनः व्याज छुट नपाईने कम्पनीले जनाएको छ ।

प्रतिकृया