नेयमार चम्किदा लिग वानमा पीएसजी विजयी
प्रकाशित मिति
२०७९ कार्तिक २१ गते, सोमबार ०६:२०

२१ कात्तिक २०७९, काठमाडौँ : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । लिग वान अन्तर्गत आईतबार साँझ भएको खेलमा पीएसजीले घरेलु टोलि लोरीयन्टमाथि २–१ गोल अन्तरको जित हासिल गरेको हो । पीएसजीलाई जित दिलाउन नेयमार र डानिलो पेरेराले एक-एक गोल गरे भने लोरीयन्टका लागि टेरेम मोफीले एक गोल फर्काए ।
खेलको ९औं मिनटमा नेयमारले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३औं मिनटमा मोफीले गोल गर्दै लोरीयन्टलाई खेलमा १–१ गोलको बराबरी अवस्थामा पुर्याएका थिए । तर खेलको ८१औं मिनटमा नेयामारको असिस्टमा पेरेराले गोल गर्दै पीएसजीलाई २–१ गोल अन्तरको जित दिलाए ।
जितसँगै १४ खेलमा ३८ अंक जोडेको पीएसजीले दोश्रो स्थानमा रहेको लेन्समाथि ५ अंकको दूरी कायम गरेको छ । हारको सामना गरेको लोरीयन्ट १४ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ ।
प्रतिकृया