म्यान्चेस्टर युनाइटेड एस्टन भिल्लासँग फराकिलो अन्तरले पराजित
प्रकाशित मिति
२०७९ कार्तिक २१ गते, सोमबार ०६:३०

२१ कात्तिक २०७९, काठमाडौँ : इङ्गलिश प्रिमियर लिग एस्टन भिल्लाले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ । भिल्लापर्कमा आइतबार राति भएको खेलमा घरेलु टोलि एस्टन भिल्लाले युनाइटेडमाथि ३–१ गोल अन्तरको जित हासिल गरेको हो । भिल्लाको जितमा लिओन बेइली, लुकास डाइन र जेकब राम्सेले एक एक गोल गरे भने युनाइटेडका लागि ल्युक श ले एक गोल फर्काएका थिए ।
खेलको ८औं मिनटमा बेइलीले गोेल गर्दै भिल्लाको गोलको खाता खोलेका थिए । ११औं मिनटमा लुकासको गोलमा भिल्लाको अग्रता दोब्बर बनेको थियो । खेलको ४५औं मिनटमा ल्युकले गोल गर्दै युनाइटेडलाई २–१ गोलको अवस्थामा पुर्याएका थिए ।
यसपछि खेलको ४९औं मिनटमा राम्सेले गोल गर्दै भिल्लालाई ३–१ गोल अन्तरको जित दिलाएका थिए । जितसँगै १४ खेलमा १५ अंक बटुलेको भिल्ला १५औं स्थानमा पुगेको छ भने हारको सामना गरेको यु्नाइटेड १३ खेलमा २३ अंकका साथ पाँचौं स्थानमा छ ।
प्रतिकृया