• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

बुद्धिचाल प्रतियोगिता : आशिष र रुपेसको अग्रता

प्रकाशित मिति

२०७९ आश्विन २९ गते, शनिबार ०८:१९

२९ असोज २०७९, काठमाडौं : गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा एनआरएनएका आशिष फुयाँलले उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरवीर लामालाई हराएका आशिषले तेस्रो चरणमा नेपाल आर्मीका मिलन लामालाई हराए।


प्रतियोगिताका शीर्ष वरीयताका खेलाडी आर्मीका रुपेसको पनि ३ अंक छ। उनले दोस्रो चरणमा प्रदेश–१ का प्रज्वल घिमिरे तथा तेस्रो चरणमा एनआरएनएका कृष्ण थापालाई हराए। बागमतीका निकेन कुसाराले ३ अंक जोडेका छन्। पुलिस क्लबका क्षितिज भण्डारी र आर्मीका सजिन मर्हजनको २ दशमलव ५ अंक छ।

Kamana Sewa

महिलातर्फ आर्मीकी सुजना लोहनी ३ अंक सहित शीर्ष स्थानमा छिन्। यसैगरी, एनआरएनकी सुशिला गुरुङ र प्रदेश(१ की खुस्बु थापाको पनि समान ३ अंक छ। यसैगरी प्रदेश –१ की कृत्तीसरा अधिकारी र गण्डकी प्रदेशकी पूजा भण्डारीले २ दशमलव ५ अंक जोडेकी छन्।

Classic Tech Desktop

प्रतिकृया