• ४ साउन २०८३, सोमबार
  • ३:०३ बिहान

आई. एम. ई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति

२०७९ भाद्र २ गते, बिहीबार ०३:१२

२ भदौ २०७९, काठमाडौं: आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वर्ष पुरा गरेको उपलक्ष्यमा बुधबार केन्द्रीय कार्यालय र मुलुकभरका शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा उल्लेखनीय प्रगति भइरहेको उल्लेख गर्दै बीमितको हित प्रति कम्पनी सदैव तत्पर रहेको बताउनु भयो ।


पछिल्लो १० दिनमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी वृहत रुपमा अपत्यारीलो नतिजा प्राप्त गर्न सफल भयो।एकै दिनमा ५७१ जनाबाट वृहत रक्तदान, ७४८ जनालाई बीमा अभिकर्ता तालिम र सातवटै प्रदेशमा १३०२ जनालाई लाभान्वित हुने गरी स्वास्थ्य शिविर र ५८४८ विद्यार्थीमा बीमा साक्षरता जागरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको कम्पनीले जनाएको छ । त्यसैगरी आउँदा दिनहरुमा वृहत नतिजा आउने गरी अन्य कार्यक्रमहरु समेत गर्ने फुयाँलले बताउनुभयो ।

Kamana Sewa

सोहि कार्यक्रममा काठमाडौं, लैनचौरस्थित कार्यालयमा बोल्दै कम्पनीका अध्यक्ष डा।रामहरि अर्यालले बीमा व्यवसायलाई व्यवस्थित गर्दै विस्तार गरी राष्ट्रको निति एक घर, एक बीमा कार्यक्रमलाई आत्मसात गर्नु पर्ने आवश्यकतामा जोड दिनु भयो।

Classic Tech Desktop

यसका लागि आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत निरन्तरता दिने बताउनुभयो। पाँच बर्ष अघि स्थापना भएको कम्पनीले हाल देशैभरी १४० भन्दा बढि शाखाहरुबाट सेवा प्रदान गरीरहेको छ।

प्रतिकृया