• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०२:३०

२६ साउन २०७९, काठमाडौं: “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनीस्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।


सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व हामी माथि आएकोले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन हामी सबैले अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिएका थिए ।

Kamana Sewa

कर्मचारीहरुकोे व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले के एफ ए बिजनेश स्कूलका फाउण्डर तथा एक्जुकेटिभ चेयरमेन रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागी कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । आ.व. २०७८र७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगायत वार्षिक लक्ष्य पुरा गर्ने शाखाकार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

Classic Tech Desktop

प्रतिकृया