• 5:55 pm

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ आजबाट निष्कासन

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०२:४३

२६ साउन २०७९, काठमाडौं: एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते, बिहीबार) देखि ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । यो बन्दमुखी योजना हो । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो ।


जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्धक एनएमबी बैंक र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडलाई छुट्याइएको छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।


लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यो फण्डमा लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिकृया