शैक्षिक परामर्श व्यवसायीलाई दुव्र्यवहार गरेका असिफ
अलीले माफी मागे
प्रकाशित मिति
२०७९ असार २६ गते, आईतवार ०५:१७
२६ असार २०७९, काठमाडौंः अष्ट्रेलियन टेक्निकल कलेजका प्रतिनिधि असिफ अलीले मादक पदार्थ सेवन गरी शैक्षिक परामर्श व्यवसायीलाई दुव्र्यवहार गरेका छन् ।अली केही दिन अगाडीमात्र अष्ट्रेलियन टेक्निकल कलेजको प्रचार प्रसारका लागि नेपाल आएका थिए ।

कलेजको सुचना आदानप्रदान गर्ने भन्दै कार्यक्रममा बोलाएर केही परामर्श व्यावसयीहरुलाई दुव्र्यवहार गरेको आरोप लागेको हो । काठमाडौंको हात्तिसार स्थित नेपाल हाउस होटेलमा शैक्षिक परामर्श संस्थाहरुलाई अष्ट्रेलियन टेक्निकल कलेजका प्रतिनिधि असिफ अलिले व्यवसायिक छलफल र कलेजको सत्रगयतसुचना आदान प्रदान गर्ने भन्दै होटेलमा कार्यक्रम आयोजना गरेको र कार्यक्रम भन्दा अगाडि नै मादक पदार्थ सेवन गरी अपमानजनक र अश्लिल शब्द बोलेको राष्ट्रिय शैक्षिक परामर्श संघले जनाएको छ ।
अलीले राष्ट्रिय शैक्षिक परामर्श संघका एक सदस्यलाई ज्यान मार्ने धम्कि दिएको र एक जना कन्सलटेन्सि सञ्चालकको नाम लिदै यसलाई फोन गर्छु भनेर बारम्बर धम्क्याएको पडित पक्षले बताएका छन ।कलेजका प्रतिनिधि असिफ अलीको उक्त कार्यप्रति कारवाहीको माग गर्दै नेकाले प्रहरी प्रशासनमा उजुरी दिएको थियो । उजुरी पछि उद्दण्डता देखाउदै आफुलाई मै हुँ भन्ने अहम्ताले भरिपुर्ण अलीलाई प्रहरीको माध्यमद्वारा प्रहरी कार्यालयमा उपस्थित गराइ प्रहरीकै रोहवरमा जो जो सदस्य साथीहरुलाई उनले अपमान जनक व्यवहार गरेका थिए उनीहरूको अगाडि राखि माफी माग्न लगाइ छोडिएको राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले जनाएको छ । नेकाको प्रेस विज्ञप्तिमा आफ्ना सदस्य साथीहरुलाई गरेको व्यवहार सैह्य छैन भनिएको छ ।

शैक्षिक परामर्श व्यवसायी तथा कलेज/युनिभर्सिटीका प्रतिनिधिहरू वीच विश्वास योग्य, स्पष्ट र असल सम्बन्ध हनु पर्छ भन्ने कुरामा सचेत रहेको र संघ शैक्षिक परामर्श व्यवसायी सदस्य साथी/बिध्यार्थी/अभिभावकहरुको हकहितलाई ध्यानमा राखी जायज मागको सम्बन्धमा सदैव अगाडि रहने कुरा प्रष्ट पारेको हो। भविष्यमा कुनै पनि विदेशी कलेज/युनिभर्सिटीका प्रतिनिधीहरूले नेपालका परामर्शदाता/बिध्यार्थी एवं अभिभावकसंग सदैव असलसम्बन्ध कायम गरि सबैको भलो हुने पथमा अगाडि बढ्न सम्पुर्ण प्रतिनिधिहरूलाई अपिल गरेको छ ।



प्रतिकृया