• २२ भदौ २०८३, सोमबार
  • १ः५२ राती

आगामी प्रधानमन्त्रीमा गगन थापालाई समर्थन गर्ने विश्वप्रकाश शर्माको घोषणा

प्रकाशित मिति

२०७९ असार २६ गते, आईतवार ०२:३८

२६ असार २०७९, काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका महामन्त्री शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा गगन थापाको पक्षमा विचार व्यक्त गरेका हुन् ।

National Life

सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् । कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने ‘५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी बीचमा हुँदैन ।’


महामन्त्री गगन थापाले चाँही अन्तवार्ताका क्रममा निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । कांग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ । संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने थापाले बताउँदै आएका छन् ।

Classic Tech Desktop

प्रतिकृया