• २२ भदौ २०८३, सोमबार
  • २ः०८ राती

आर्थिक चलखेल गरेर भक्तपुरको यातायात कार्यालय सार्न लागेको आरोप

प्रकाशित मिति

२०७९ असार २६ गते, आईतवार ०२:२८

२६ असार २०७९, काठमाडौंः आर्थिक चलखेल गर्न हाकिमले जगाती भक्तपुरको यातायात कार्यलय सार्ने तयारी गरेको भन्दै लेखापढीले बिरोध जनाएका छन् ।जगाती स्थित कार्यालय सञ्चालन सुरु गर्दा नै सरकारले त्यहाँको संरचनामा पचासौँ लाखको लगानी गरिसकेको छ।

National Life

सरकारले लगानी गरेको उक्त संरचना भत्काएर राधे राधेबाट करिब ५०० मिटर भित्र कालोपत्र सडकसँगैको पुरानो घरमा यातायात कार्यालय राख्ने निर्णय गर्नुलाई स्थानीय , जनसरोकारवाला निकाय, व्यवसायी, सेवाग्राही र त्यहाँका व्यवसायीहरु आपत्ति जनाएका छन् । हाल जगातीमा भइरहेको कार्यालयको भवनमा ०-९-०-० ( नौ आना ) जग्गामा अण्डरग्राउण्ड पाकिंड, अगाडि र पछाडि खुल्ला क्षेत्रका कारण सेवाग्राहीलाई लाइन बस्न समेत समस्या नपरेको अवस्थामा अहिले सार्न लागेको स्थानमा लाइन बस्ने ठाउँको समेत अभाव रहेको र अनुपयुक्त घरलाई छनौट गर्नुले प्रष्ट रुपमा आर्थिक चलखेल भएको पुष्टी भएको बताए।


बागमती प्रदेश सरकारको निकाय यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको जगातिमा रहेको कार्यालय सर्ने भएको छ । कार्यालय प्रमुख नेत्र भट्टराइले आर्थिक चलखेल गर्नकोलागि सो कार्यालय सार्न लागेको स्थानीय बासिन्दा र लेखापढि व्यवसायीले आरोप लगाएका छन् ।

Classic Tech Desktop

सूर्यविनायक नगरपालिका वडा नं ८ जगातिमा रहेको सो कार्यालय राधेराधे सर्ने तयारी चलिरहेको छ । हाल रहको स्थान निकै सुविधा सम्पन्न भएपनि सार्न लागेको स्थान उपयुक्त नभएको उनीहरुको भनाई छ । कार्यालय मध्यपुरथिमिको राधेराधेस्थित बागमती आयल स्टोरको पछाडिको माइक्रोबस पार्क नजिकै भएको घरमा राख्ने तयारी भएरको सो स्थानका ठाउँ अभाव हुने लेखापढि व्यवसायीले बताए ।

प्रतिकृया