• २० भदौ २०८३, शनिबार
  • १२ः२९ राती

चाईनिज सुपर लिग आईतवार देखि एक्सन स्पोर्टसमा

प्रकाशित मिति

२०७९ असार २६ गते, आईतवार ०५:४६

२६ असार २०७९, काठमाडौंः चाईनिज सुपर लिग आईतवारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् मा हेर्न पाउने छन् । नेपाली समय अनुसार आईतवार ४ः१५ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्ट संग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ ।

National Life

चार चरणमा विभाजन गरि खेलाईएकोे चाईनिज सुपर लिगमा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ । आईतबार देखी पहिलो चरणको १० औ राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।


विश्वकप, युरोपियन लिग, लगाएत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकहरुलाइर्, चाईनिज सुपर लिग ९ऋक्ी० नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुने छ ।

Classic Tech Desktop

प्रतिकृया