• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

एमडीआरटी बार्षिक मिटिङ्गका लागि रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना बिमा अभिकर्ता अमेरिका प्रस्थान

प्रकाशित मिति

२०७९ असार १२ गते, आईतवार १२:११

१२ असार २०७९, काठमाडौंः मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स साथीहरु नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यस पटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ ।


बिमा क्षेत्रमा लागेको केही बर्षमै एक पछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्धयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामनाका साथै बिदाई गरेको छ । सो कार्यक्रममा लिडर द्धयलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको थियो ।

Kamana Sewa

आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गइरहेकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमाक्षेत्रको बिकासमा योगदान दिन लिडरद्धयलाई अनुरोध गरे।बिमाकर्मी नमीता न्योपानेले आफु सदैव बिमा क्षेत्रको बिकासमा लागिरहने बताउदै यस्तो मौका प्रदान गरेकोमा कम्पनीप्रति धन्यवाद दिइन् ।

Classic Tech Desktop

प्रतिकृया