• ४ साउन २०८३, सोमबार
  • २:२७ बिहान

सेयर जारी नगरेका बीमा कम्पनीहरु पनि मर्जरमा जान समितिले दियो सुविधा

प्रकाशित मिति

२०७९ असार ७ गते, मंगलवार १०:४६

७ असार २०७९ काठमाडौंः पछिल्लो समय बीमा कम्पनीहरुलाई मर्जरमा जान समितिले दबाब दिइरहेको छ। सर्वसाधारणमा सेयर जारी नगरेका बीमा कम्पनीहरु पनि मर्जरमा जान सक्ने भएका छन्। समितिले कम्पनीहरुलाई फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरु दिइरहेको छ। यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप व्यवस्थासहित परिपत्र जारी गरेको छ।


जसमा सर्वसाधारणमा सेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बीमकहरु एक आपसमा मर्जरमा जान मिल्ने समितिले जनाएको हो। तर मर्जरमा गएका बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित बीमा कम्पनीले गर्नु पर्ने परिपत्रमा उल्लेख छ।

Kamana Sewa

त्यस्तै बीमा समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरु मर्जरका योग्य हुनेछन्। तर उक्त कम्पनीहरु मर्जरमा गएपछि बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम गर्नुपर्ने व्यवस्था छ। मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरुले गाभ्ने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बीमा समितिको स्वीकृति नलिई आफूखुशी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाइने समितिले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया