• ४ साउन २०८३, सोमबार
  • ८:४१ बेलुका

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक दिउँसो १ बजे बस्दै

प्रकाशित मिति

२०७९ असार ७ गते, मंगलवार ११:०१

७ असार २०७९ काठमाडौंः संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै खाँणले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्।


कृषि तथा पशुपंक्षि विकासमन्त्री महिन्द्र राय यादवले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्। त्यस्तै मन्त्री यादवले बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

Kamana Sewa

त्यस्तै राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

Classic Tech Desktop

बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतिको प्रश्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ।

प्रतिकृया