प्युठानमा नेपाल लाइफको जीवनबीमा जनचेतना कार्यक्रम

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०३:३५

Street Drama Nepal Life Press Release e1653385824885

१० जेठ २०७९, काठमाण्डौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।


सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।


बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार बीमाको जनचेतना जागरण गराउन यो कार्यक्रम गरिएको हो । जसमा स्थानीयको उत्साहजनक उपस्थिति रहेको र स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

प्रतिकृया