• २२ भदौ २०८३, सोमबार
  • ४ः५९ बिहान

विष्णुमानको त्रिगुण विमोचन

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०५:०५

सागर गुरागाईं, २९ फागुन २०७८, मध्यपुर थिमि : मध्यपुर थिमि नपा ४ शंखधरचोक निवासी ज्योतिष विष्णुमान साँय् श्रेष्ठद्धारा लिखित त्रिगुण पुस्तक विमोचन गरिएको छ । बागमती प्रदेशका सांसद डा.राजेन्द्रमान श्रेष्ठले उक्त पुस्तक विमोचन गर्दै साहित्य समाजको दर्पण भएको बतए । प्रमुख अतिथि श्रेष्ठले ज्योतिष विद्या आयुर्वेद र संस्कृति सम्पदा जात्रा पर्वका बारेमा लेखिएको उक्त पुस्तकमा अनुभव र अनूभूति पनि समेटिएको बतए ।

National Life

कार्यक्रमका विशिष्ट अतिथि मध्यपुर थिमि नगरप्रमुख मदन सुन्दर श्रेष्ठले सरल भाषामा लेखिएको त्रिगुण पुस्तक बहुउपयोगी रहेको भन्दै शुभकामना दिनुभयो । नगरप्रमुख श्रेष्ठले सम्पदा पुनर्निमाणदेखि विकास निर्माण एवं मुर्त अनि अमूर्त कला संस्कृति संरक्षण गरेबापत २ सय ९१ नगरपालिका मध्ये मध्यपुर थिमि नगरपालिका तेस्रो भएको सर्वेक्षणले देखाएको जानाकारी दिए । कार्यक्रममा मथिनपाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मी र ४ नम्बर वडाध्यक्ष कुमार श्रेष्ठले ज्योतिष विज्ञानको व्यावहारिक महत्व सहित शुभकामना मन्तव्य व्यक्त गरे ।


स्थानीय समाजसेवी कृष्णलाल गोजा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा ज्ञानकेशरी श्रेष्ठ, जगदिशमान श्रेष्ठ, पुस्तकका सहयोगी वसन्त नकर्मी लगायतका वक्ताहरुले ८१ वर्षिय ज्योतिष विष्णुमान श्रेष्ठले मध्यपुर थिमिको संस्कृति, जात्रादेखि ज्योतिष विज्ञान, आयूर्वेद सम्बन्धी जानकारी मूलक पुस्तक तयार पारेको भन्दै शुभकामना दिनुभयो । स्थानीय यचु पार्टी भेन्युमा भएको उक्त त्रिगुण पुस्तक विमोचन कार्यक्रमका वक्ताहरुले पुस्तकको बारेमा आ–आफ्ना धारणा सहित शुभकामना दिएका थिए ।

Classic Tech Desktop

प्रतिकृया