• २२ भदौ २०८३, सोमबार
  • २ः४० राती

मालपोत कार्यालय चावहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०४:५३

९ फागुन २०७८, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बस्नेत विरुद्ध एक लाख ३५ हजार बिगो कायम गरी घुस लिई भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरेको हो । नीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

National Life

बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस लिएको आयोगको आरोप रहेको छ । उनले सेवाग्राहीबाट एक लाख ३५ हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले घुससहित नियन्त्रणमा लिइएको थियो ।


खरिदार बस्नेतले जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको आयोगले बताएको छ । उ

Classic Tech Desktop

प्रतिकृया