• २१ भदौ २०८३, आइतबार
  • २ः५८ राती

एकैसाथ ३ वटा पुस्तक ३ भाषामा

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०५:१९

२९ फागुन २०७८, मध्यपुर थिमि : मध्यपुर थिमिमा एकैसाथ तीन वटा पुस्तक तीनवटा बेग्लाबेग्लै भाषामा लोकार्पण गरिएको छ त्यो पनि एकैजना लेखकको । शिक्षक, प्रशिक्षक एवं साहित्यकार तुल्सीहरि प्रजापतिद्धारा लिखित मेरो प्यारो मध्यपुर थिमि, स्वनिगःया पलेस्वाँ र अनबिटएवल क्रमश नेपाली, नेवारी र अँग्रेजी भाषामा लेखिएको पुस्तक सार्वजनिक गर्दै मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मीले एकैसाथ लोकार्पण गरेका हुन् ।

National Life

प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिलाई चिनाउन उक्त पुस्तकहरु सहयोगी भएको बताउँदै पुस्तकमा समेटिएका गीत, कविताको भिडियो तयार गर्न नगरपालिकाले सहयोग गर्ने बताए । नगरप्रमुख श्रेष्ठले पाँच वर्षमा आफुहरुले समृद्ध मध्यपुरका लागि गरेका कार्यहरुको छोटो चर्चा गर्दै शंखधर पार्क, कुमारी पार्क, लोकन्थलीको बालउद्यान, बोडेको कमलपोखरी, विष्णुकुण्डल, दुइपोखरी, बाक्लो ढुँगा छपाईदेखि जापानिज रिसिकी प्रविधिद्धारा कम्पोष्ट मल उत्पादनबारे संक्षिप्त जानकारी दिए । प्रमुख अतिथि श्रेष्ठले सम्पदा पुर्ननिर्माण गरेबापत गतवर्ष एशियन टाउनस्केप अवार्ड २०२१ र हालसालै २ सय ९१ नगरपालिका मध्ये कार्यमूल्यांकनको आधारमा मध्यपुर थिमि नगरपालिका तेस्रो भएको बताए ।


कार्यक्रममा क्वेष्ट नेपालका संरक्षक दिनेश चापागाई, न्ह्यज्या खलः थिमिका पूर्व अध्यक्ष एवं प्रगतिशिल साहित्यकार कृष्णमोहन जोशी लगायतका वक्ताहरुले विमोचित पुस्तकहरुको टिप्पणी सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमकी विशिष्ट अतिथि मध्यपुर थिमि नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मीले विमोचित पुस्तकहरु बहुउपयोगी भएको चर्चा गर्दै मध्यपुर थिमि नगरीलाई परिचित गराउन सञ्चारकर्मी, कलाकार, साहित्यकार र स्रष्टाहरुको योगदानको प्रशंसा गर्नुभयो । तुल्सीबहादुर प्रजापतिको सभापतित्वमा भएको उक्त लोकार्पण कार्यक्रममा तुल्सीहरि प्रजापति, जलज प्रजापति र तुलज प्रजापतिले संयुक्त रुपमा थिमिको उकालो ………….. शिर्षकको गीत सुमधुर आवाजमा प्रस्तुत गरेका थिए ।

Classic Tech Desktop

बाद्यवादनमा हरिसुन्दर लाखे श्रेष्ठ र रोशन भासिमाले साथ दिनु भएको कार्यक्रममा बोडेको कुमारी पार्क सम्बन्धी नेपाल भाषाको गीत तुल्सीहरि प्रजापतिले मिठो लयमा प्रस्तुत गर्नु भएको थियो ।


पुस्तकका लेखक प्रजापतिले मध्यपुर थिमिको मूर्त अनि अमूर्त कला, संस्कृति, सम्पदा, पार्कहरुको पर्यटकीय महत्वलाई उजागर गर्दै हाम्रो संस्कृति हाम्रो मौलिक पहिचान भएको बताए । संचारकर्मी नारायणकाजी श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा लक्ष्मीकेशरी प्रजापतिले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया