• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

एसियन लाइफ इन्सुरेन्सको खुद नाफामा १८ प्रतिशतकाे गिरावट

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०४:२८

१ फागुन २०७८, काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एसियन लाइफ इन्सुरेन्सको खुद नाफा १८.०७ प्रतिशतले घटेको छ ।


अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १४ करोड ४२ लाख ३६ हजार रुपैयाँमा सीमित भएको हो । । यसअवधिमा जीवन बिमा कोषको आकार १८.८८ प्रतिशतले बढेर २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको जीवन बिमा कोषमा २४ अर्ब ७१ करोड ३५ लाख ३२ हजार रुपैयाँ थियो ।

Kamana Sewa

एक वर्षको अवधिमा यसको खुद बिमा शुल्क आर्जन ८.२२ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ३९ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

Classic Tech Desktop

पुस मसान्तसम्मको अवस्था हेर्दा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८१ पैसा रहेको छ ।

प्रतिकृया