८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक
प्रकाशित मिति
२०७८ फाल्गुन १ गते, आईतवार ०४:१५
१ फागुन २०७८, काठमाडौं : नेपाल राष्ट्र बैंकले भोलि फागुन २ गते (सोमबार) ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो ।
बैंकका अनुसार कुल ८ अर्बमध्ये, ९१ दिनका लागि २ अर्ब र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यवसायिक संस्था तथा व्यक्तिगत लगानीकर्ताले रित पुर्याएर आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने आगामी फागुन ३ गते मंगलबार सार्वजनिक गरिनेछ ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीमा बिल बिक्री गरिने भएपनि कुल रकमको ८५ प्रतिशत प्रतिस्पर्धा बाटै र १५ प्रतिशत चाहीँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ ।
Related
Recent News
- कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
- यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
- विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
- भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
- उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
- संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
- लक्ष्मी सन्राइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रा.लि.” मा विशेष छुट
- वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह
- चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया