• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

जाडोमा आगो, हिटर, गिजर चलाउँदा नगर्नुहोस यी गल्ती,जसले जान सक्छ ज्यान

प्रकाशित मिति

२०७८ पुष १३ गते, मंगलवार ०६:३३

hitar gyas

१३ पुस २०७८, काठमाडौं :  देशभर पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ। जाडो बढेसँगै ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्दै गएको छ। जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ।


ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिने मन्त्रालयको भनाइ छ।

Kamana Sewa

यस्तो छ मन्त्रालयको अपिल

Classic Tech Desktop

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ।

– कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं।

– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं।
– आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं।
– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं।

– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं।
– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं।

प्रतिकृया