• ४ साउन २०८३, सोमबार
  • ७:५६ बेलुका

१२-१७ उमेरका लागि आजबाट सुरु हुने भनिएको खोप कार्यक्रम स्थगित

प्रकाशित मिति

२०७८ पुष १३ गते, मंगलवार ०६:२२

१३ पुस २०७८, काठमाडौं :  १२–१७ उमेरका बालबालिकालाई काठमाडौंसहित ८ जिल्लामा आजबाटफाइजर खोप दिने कार्यक्रम राखिएको थियो । सो कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।


खोपका लागि आवश्यवक सिरिन्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ । खोप शाखाका प्रमुख सागर दाहालकाअनुसार सिरिन्ज ल्याउने तयारी भइरहेकाले केही दिनमै खोप अभियान सुरु हुनेछ ।

Kamana Sewa

यसअघि स्वास्थ्य मन्त्रालयले ८ जिल्लामा आजदेखि २२ गतेसम्म खोप १२–१७ उमेरकालाई फाइजर खोप दिने भनेको थियो ।

Classic Tech Desktop

काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा आजबाट बालबालिकालाई खोप दिइने भनिएको थियो ।


बाँकी १२ जिल्लामा मितिपछि तोक्ने जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो । ५७ जिल्लामा भने ४ गतेदेखि नै १२–१७ उमेरका बालबालिकालाई मोडर्ना खोप दिइएको छ ।

प्रतिकृया