• 6:32 pm

हड्डी बलियो बनाउने घरेलु उपाय

प्रकाशित मिति

२०७८ कार्तिक २४ गते, बुधबार ०९:३७

सांकेतिक तस्वीर
२४ कार्तिक, २०७८ काठमाडौँ :  कुनै पनि जीव उभिन, हिड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ । मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ । त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ । हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन् । हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।


क- घाम ताप्ने
हड्डी बलियो पार्न सुर्यको किरणको महत्वपुर्ण भूमिका रहन्छ । सुर्यको किरण शरीरमा पर्दा यसबाट शरीरले भिटामिन डी प्राप्त गर्दछ । भिटामिन डीको कमी पुरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ । त्यसैले दैनिक बिहान १० मिनेट घाम ताप्नु पर्दछ । यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ ।


ख- क्याल्सियमयुक्त खाना
हड्डीलाई बलियो बनाउन डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नु पर्दछ । यसले शरीरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ । साथै हड्डी बलियो बनाउँछ ।


ग- डोरी खेल्ने
नियमित बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) हड्डी बलियो हुन्छ । यसले शरीरमा अन्य लाभ समेत पुर्‍याउँछ ।

घ- जैतुन, धनियाको प्रयोग
खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ । साथै धनियामा २.९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुन्छ ।


ङ- लसुन र प्याजको सेवन
लसुनलाई दुधमा उमालेर खिर जस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ । साथै प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । जुन हड्डी बलियो हुनकालागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रतिकृया