• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

कैलाली युवक हत्या प्रकरण : सेनाका मेजरसँग विवाद भएको होटलका सञ्चालक पक्राउ

प्रकाशित मिति

२०७८ कार्तिक २४ गते, बुधबार १०:२३

२४ कार्तिक, २०७८ काठमाडौँ : कैलालीको टीकापुरमा मंगलबार राति चक्कु प्रहार गरेर युवकको हत्या गरिएको प्रकरणमा प्रहरीले अनुसन्धानका लागि कम्तीमा पनि ६ जनालाई पक्राउ गरेको छ । दुई समूह बीचको झडपमा मारिएका लम्की चुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आशंकामा घटनास्थलमा उपस्थित तीन र अन्य तीन गरेर ६ जनालाई नियन्त्रणमा लिइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।


एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशले प्रयोग गर्दै आएको स्कुटर घटनास्थलमा भेटिएपछि अनुसन्धानका लागि रावल, उनकी श्रीमती र एकजना छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए । रावलका अर्का छोरा नवीन फरार रहेकाले उनको खोजी भइरहेको उनले बताए ।

Kamana Sewa

प्रहरीकाअनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाहीसँग होटलका सञ्चालक रावलको वादविवाद भएको थियो ।आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको निजी गाडीमा तोडफोड गरेका थिए भने उनको टाउकोमा पनि चोट लागेको थियो ।

Classic Tech Desktop

सोही विषयलाई लिएर मंगलबार राति टीकापुरमा दुई समूहबीच झडप भएको थियो । सोही झडपको क्रममा चक्कु प्रहारबाट लम्कीचुहा नगरपालिका(१ का भुपेन्द्र बडुवालको मृत्यु भएको थियो । प्रहरीले नियन्त्रणमा लिइएका संगम होटलका सन्चालक, उनकी श्रीमती र छोरा महेशको परिचय खुलाए पनि नियन्त्रणमा लिइएका भनिएका अन्य तीन जनाको नाम भने प्रहरीले खुलाएको छैन ।


आक्रोशित पीडितका आफन्तले बुधबार बिहान संगम होटलमा तोडफोड गर्ने प्रयास पनि गरेका थिए । तर सम्झाइबुझाइ गरेपछि उनीहरु फर्किएको प्रहरीले जनाएको छ । हत्याको विरोधमा मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रतिकृया