ट्रक र बस ठोकिँदा मकवानपुरमा २ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ कार्तिक २४ गते, बुधबार १०:२६

२४ कार्तिक, २०७८ काठमाडौँ : मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नंको ट्रकले मंगलबार राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।
Related
Recent News
- राष्ट्रिय दलका लागि निर्वाचन आयोगको नयाँ प्रस्ताव, साना दल रनभुल्लमा
- जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर पर्यो- मन्त्री यादव
- कोशीमाथि बागमती प्रदेशको फराकिलो जित
- ‘कर्मा’को ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक
- मेसी बिना अर्जेन्टिनाले उरुग्वेलाई हरायो
- आज विश्व पानी दिवस मनाइँदै
- स्वदेश फर्केर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकार परिवर्तन हुदैन
- पीएम कपमा आज एक खेल हुदै
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
- विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित प्रत्येक पालिकामा आपत्कालिन गोदामघर व्यवस्थापन गरिने
Crime
- कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
प्रतिकृया