• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ०५:२४

२७ भाद्र, २०७८ काडमाडौँ : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युवासँग महालक्ष्मी लाइफसम्बन्धी बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको ०७८ भदौ २५ गतेको निर्णयबमोजिम असोजबाट देशव्यापी बिमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो।


दुईवर्षे यस अभियानमा ०७८.७९ भित्र २५ वटा जिल्ला र ०७९.८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिनेछ। यो कार्यक्रमअन्तर्गत १६ वर्षमाथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवालाई लक्ष्य गरी रोजगारका विभिन्न क्षेत्रको जानकारीका साथै बिमाबारे तालिम प्रदान गरिनेछ। ‘काम गरी आय आर्जन गर–बिमा गरी सुरक्षित बन’ भन्ने मूल विषयवस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञले प्रशिक्षण दिने कार्यक्रम छ।

Kamana Sewa

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देशभरिका कम्पनीका वरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बिमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रूपमा बिमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्लास्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ।

Classic Tech Desktop

प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरूले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्नेछन्। असोज पहिलो साता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरूको भेलाले बिमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम छ ।

प्रतिकृया