निसानलिफ टेस्ट ड्राइभ सप्ताह
प्रकाशित मिति
२०७८ भाद्र २७ गते, आईतवार ०५:०९
२७ भाद्र, २०७८ काठमाडौँ : निसान कम्पनीले जापानमा उत्पादन गरेको बिधुतिय बाहन ’निसानलिफ’ अब काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता ’पायोनीयर मोटो कर्प’ ले निसानलिफको टेस्ट ड्राइभको लागि यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म’ निसानलिफ टेस्ट ड्राइभ सप्ताह’ संचालनगर्न गइरहेको छ।
यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरि विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कुरा कम्पनीले जानकारी दिएको छ। यो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ ।

अहिलेको परिस्थितिमा निसान कम्पनीले एउटा वातावरण मैत्री सवारी साधनलाई नेपाल प्रबेश गराउनुलाई ग्राहक बर्गहरुले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीले जानकारी गराएको छ । नेपाल भित्रिनु भन्दा पहिले नै यो गाडीको विश्वभर १० बर्षभन्दा बढी परीक्षण भैसकेको छ। यस अवधिमा विश्वमा ५ लाख भन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने निसान लिफ ले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ ।

निसानलिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ। यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (ए.बी.यस, इ.बी.डी तथा बी.ए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ ।
यस गाडीको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरि रहेको छ जुनकुनै पनि अरु गैर बिधुतिय गाडीको तुलनामा ग्राहकहरुलाई धेरै किफायती साबित हुनेछ । निसानलिफ ४० किलोवाट हावरब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमि सम्मको दुरी तय गर्न सक्छ। एसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एनएम टोर्क प्रधान गर्दछ। त्यस्तै गरि निसानलिफ ० देखि १०० कि मि/घण्टा ७.५ सेकेन्ड माजान सक्छ र एसको अधिकतम गति १४० कि मि/घण्टा छ । नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ रु ५९.९९ लाखमा उपलब्ध गराइ रहेकोे छ ।




प्रतिकृया