• १५ असोज २०८३, बिहीबार
  • २ः४३ दिउँसो

डिशहोमका ग्राहकलाई तुषाल मल्टिभेन्युमा ५० प्रतिशतसम्म छुट

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार १०:२५

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष जीवनशैली, फिटनेस र वेलनेस सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी भएको छ।

National Life

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यबाट ग्राहकहरूले विभिन्न स्वास्थ्य, मनोरञ्जन तथा जीवनशैलीसम्बन्धी सेवामा विशेष छुट र सुविधा पाउनेछन्। कम्पनीका अनुसार यसले ग्राहकको सहभागिता बढाउनुका साथै थप मूल्ययुक्त सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा साउना, स्टिम र ज्याकुजी सेवामा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यस्तै नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत तथा खाना र पेय पदार्थ सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

छुट प्राप्त गर्न ग्राहकले माइ डिशहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक परिचय नम्बर प्रयोग गरेर लगइन गर्नुपर्नेछ। त्यसपछि एपभित्र रहेको भर्चुअल प्रिभिलेज कार्ड देखाएर ट्रान्क्विलिटी स्पाका कुनै पनि शाखाबाट छुट लिन सकिने कम्पनीले जनाएको छ।

समझदारीपत्रमा तुषाल मल्टिभेन्युका सूचना प्रविधि प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी अकाउन्ट अधिकृत देवराज श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

डिशहोमका अनुसार भर्चुअल प्रिभिलेज कार्ड कम्पनीको ग्राहक सन्तुष्टि र गुणस्तरीय जीवनशैली प्रवद्र्धन गर्ने अभियानको हिस्सा हो। यसमार्फत कम्पनीले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन तथा खुद्रा क्षेत्रका विभिन्न साझेदारसँग सहकार्य गर्दै ग्राहकलाई देशभर विशेष छुट र प्रिमियम सुविधा उपलब्ध गराउँदै आएको छ।

प्रतिकृया