• १५ असोज २०८३, बिहीबार
  • २ः४५ दिउँसो

घरेलु मैदानमा मेक्सिकोको दमदार जित, इक्वेडर विश्वकपबाट बाहिर

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार १०:३२

१७ असार २०८३ काठमाडौं – सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा इक्वेडरलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल नजिक पुगेको छ। मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका मा बुधबार बिहान भएको खेलमा घरेलु टोलीको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेज ले गोल गरे।

National Life

खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औं मिनेटमा राउल जिमेनेजले अर्को गोल थपेपछि मेक्सिकोले पहिलो हाफमै २–० को सुरक्षित अग्रता बनायो। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा मेक्सिकोले सहज जित निकाल्यो।

खेलमा बल नियन्त्रण (पोजेसन) मा इक्वेडर अघि रहे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। जुलियन क्विनोनेस विश्वकपको एउटै संस्करणका लगातार तीन खेलमा गोल गर्ने मेक्सिकोका दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९९८ मा लुइस हर्नान्डेज ले यस्तो उपलब्धि हासिल गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

यस जितसँगै मेक्सिकोले एस्टाडियो अज्टेका मैदानमा आफ्नो अपराजित यात्रा कायम राख्नुका साथै ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको छ। यसअघि मेक्सिकोले सन् १९८६ यता विश्वकपको नकआउट चरणमा कुनै खेल जित्न सकेको थिएन।

समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा पुगेको मेक्सिकोले अब क्वार्टरफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता, पराजयसँगै इक्वेडरको विश्वकप यात्रा समाप्त भएको छ। पाँचौं पटक विश्वकप खेलेको इक्वेडरले दोस्रो पटक मात्र समूह चरण पार गरेको थियो।

प्रतिकृया