• ३ साउन २०८३, आइतबार
  • ४:४१ बेलुका

गोकुल बाँस्कोटाको व्यङ्ग्य : हुँदै नभएको किताब धारा चैं कहाँबाट ल्यायो फेरि

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ०८:५६

४ भाद्र, २०७८ काठमाडौँ :  पू्र्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले हुँदै नभएको किताब धारा चैं कहाँबाट ल्यायो फेरि भनेर प्रश्न गरेका छन् । पूर्वमन्त्री बाँस्कोटाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिँदा चुनाव चिन्ह खुला किताव प्रस्ताव गरेकोमा व्यङ्ग्य गर्दै किताव धारा कहाँबाट आयो भनेर प्रश्न गरेका हुन् ।


सामाजिक सञ्‍जाल ट्‍वीटरमा बाँस्कोटाले किताव धारा एकनाथ धारा वा :ऋऋ टण्ठ को छ। छ होला भनेर लेख्‍नसमेत भ्याएका छन्। परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर हुँदै नभएको किताब धारा चै कहाँबाट ल्यायो फेरि ? बाँस्कोटाले ट्‍वीटरमा लेखेका छन्, बाइस धारा न मुक्तीनाथको धारा । साइपालदेखी कन्चन्जंघासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा :ऋऋ टण्ठ को छ। छ होला ।

Kamana Sewa

प्रतिकृया