• ४ साउन २०८३, सोमबार
  • ३:१५ बिहान

बामदेव गौतमले किन गरे माधव नेपाललाई साथ दिने निर्णय ?

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ०८:१४

४ भाद्र, २०७८ काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् ।


गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले बताए ।

Kamana Sewa

नेता गौतमले भर्चुअल बैठकमा अब नेपाल पक्षमा लगेर वामपन्थीबीचको एकता आफ्नो नेतृत्वमा गर्ने बताएका छन् । अबको डेढ वर्षमा एमालेबाहेकको वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिने दाबी गौतमले गरेका छन् ।

Classic Tech Desktop

आफू केपी ओलीतर्फ गएको तर उनले कुनै जिम्मेवारी नै नदिएको आरोप उनले लगाए । ‘माधव नेपाल नेतृत्वको पार्टीको बैठकमा म सबैभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् ।


उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’ गौतमले भने, ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन् । मैले जिम्मेवारी मागेका थिएँ । तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया