• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

सानिमा लाइफको आईपीओ बाँडफाँट

प्रकाशित मिति

२०७८ श्रावण ३० गते, शनिबार ०१:०९

३० साउन, २०७८ काठमाडौँ : सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।


सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

Kamana Sewa

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते देखि २४ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ४.४८ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

Classic Tech Desktop

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट  https://iporesult.cdsc.com.np  बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिकृया