केही दिन ढिला भएतापनि माधव नेपाल समुहलाई सरकारमा सहभागि गराउछौ : पुर्वमन्त्री तामाङ (भिडियो सहित)
प्रकाशित मिति
२०७८ श्रावण ३० गते, शनिबार ०१:५६
३० साउन, २०७८ काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मध्यपुर थिमी वडा. ३ काे भेला कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा पुर्व खेलकुद मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सह-ईन्चार्ज हित बहादुर तामाङले कार्यक्रममा बोल्दै केपी ओलीको घरमा पुग्नकाे निमित्त सडक भत्किएको छ, पुल भत्किएको छ । जाने अवस्था छैन । त्यसैले हामी केही दिन ढिला भएता पनि माधव नेपाल समुहलाई सरकारमा सहभागि गराउछौ । दुई तिन पटक सम्म प्रतिनिधि सभाको विघटन हुदा पनि प्रतिनिधि सभाको पुन: स्थापना गर्ने आन्दोलनमा नेतृत्व गर्ने पनि हाम्रौ नेकपा माओवादी केन्द्र हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा भक्तपुरका ईन्चार्ज दिलिप कुमार प्रजापती, वाईसियलका केन्द्रिय अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा) लगायत माओवादी केन्द्र भक्तपुरका अध्यक्ष डिपी ढकाल, मध्यपुर संयोजक विजय श्रेष्ठ, मध्यपुर ईन्चार्ज कृष्णलाल गोजा, सह-ईन्चार्ज हरि केसी, उमेश लम्साल, गणेश बुढाथोकी, सानोठिमी क्याम्पस विध्यार्थीका सभापती रमेश खड्का, भक्तपुर वाईसियल अध्यक्ष नरेश वाईवा, भक्तपुर २ नम्वर क्षेत्र संयोजक नरेश रंजित, मध्यपुर संयोजक अमित कारंजित सहितको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता पुर्व अध्यक्ष भुवन केसीको नेतृत्वमा मध्यपुर थिमी वडा नं. ३ काे भेला कार्यक्रम सम्पन्न गरिएकाे हाे । उक्त कार्यक्रममा रमेश प्याठको अध्यक्षतामा नयाँ कमिटी गठन गरि पाटी प्रबेशको सम्पन्न गरिएको छ ।

(भिडियो)




प्रतिकृया