• ३ साउन २०८३, आइतबार
  • ३:३६ बेलुका

अबदेखि पार्टीको बैठक बालुवाटारमा नराख्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार ०९:३१

४साउन, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नडाक्ने प्रतिवद्धता जनाएका छन्। गगन थापासहित पार्टीका युवा नेताहरुले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बैठक नराख्ने प्रतिवद्धता जनाएका हुन्।


प्रधानमन्त्री नियुक्त भएपछि गत शुक्रबार बालुवाटार सरेकै दिन देउवाले बालुवाटारमै कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक डाकेपछि पार्टीभित्रैबाट आलोचना भएको थियो। त्यसपछि गगन थापासहित कांग्रेसका युवा नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेर सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका थिए।

Kamana Sewa

जवाफमा देउवाले अघिल्लो पटक पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमै बैठक राखिएको र अब त्यसो नगर्ने विश्वास दिलाएको थापाले जानकारी दिएका छन्। कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन्।

Classic Tech Desktop

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ। उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाएको थापाले उल्लेख गरेका छन्।


‘प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनु होला’, गगनले सामाजिक सञ्जालमा लेखेका छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाटै पार्टीका सबै गतिविधि सञ्चालन गरेको भन्दै चर्को आलोचना हुने गरेको थियो।

प्रतिकृया