• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

नासाले हिन्दू देवीदेवताहरूको फोटो ट्वीट गरेपछि सामाजिक संजालमा मच्चियो तरङ्ग

प्रकाशित मिति

२०७८ असार २९ गते, मंगलवार ०५:५४

एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भारतीय मुलकी इंटर्न गर्दै गरेकी प्रतिमा राईको हिन्दु देवीदेवताहरूको साथमा एक फोटो ट्वीट गरेपछि हंगामा मच्चिएको छ। नासाले यो विश्वभरका मानिसहरुको ईन्टर्नशिपका लागि आवेदन माग गर्दै यो ट्वीट गरेको हो ।


फोटोमा थुप्रै ईन्टर्न गर्नेहरुको फोटोहरू पनि छन्। यस चित्रमा धेरै मानिसहरूले नासाको वैज्ञानिक सोचमाथि प्रश्न गरिरहेका छन् भने त्यहाँ आफ्नो धर्म अनुसरण गर्ने स्वतन्त्रता बताइरहेको ठूलो संख्यामा व्यक्तिहरू पनि छन् ।

Kamana Sewa

यस फोटोले सोशल मिडियामा नयाँ बहसलाई जन्म दिएको छ। केही प्रयोगकर्ताहरूले पनि यसको खिल्ली उडाइरहेका छन्। यस फोटोमा राई, मूर्ति, देवी सरस्वती, देवी दुर्गा, भगवान राम–सीता को मूर्ति र चित्रहरु संग देखिन्छ। शिवलिंग पनि राखिएको छ। एक ल्यापटप मूर्तिको नजिक राखिएको छ जसमा नासा लोगो देखिने छ। नासाको लोगो कपडामा पनि देखिएको छ।

Classic Tech Desktop

प्रतिकृया