• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने योजना छैन : बीमा समिति

प्रकाशित मिति

२०७८ असार २१ गते, सोमबार ११:१४

काठमाडौँ : बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने भन्ने विषय हल्ला मात्रै भएको प्रष्टिकरण दिएको छ । बीमा समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै थप जीवनबीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीलाई लाइसेन्स दिन लागेको भनि आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


यी समाचारहरु असत्य, भ्रामक र कपोलपल्पित रहेको भन्दै समितिलाई विवादमा पार्ने मनसायले यस्ता समाचार सम्प्रेषित भएको प्रष्ट पारेको छ । समितिले अहिलेसम्म कुनै पनि त्यस्ता कम्पनीलाई लाइसेन्स दिने निर्णय नगरेको भन्दै समितिले बीमा समितिको काम कारबाहीको बारेमा जानकारी चाहिएमा समितिका प्रवक्तासँग सम्पर्क गरी जानकारी लिन र सत्यतथ्य समाचार मात्रै प्रकाशन गर्न समेत अनुरोध गरेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया