• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष : अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो ?

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार ०६:५०

फाइल तस्वीर

काठमाडौँ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विपक्षी गठबन्धनलाई अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो भन्दै प्रश्न गरेका छन् ।

Kamana Sewa

विपक्षी गठबन्धन र ती समर्थक कानून व्यवसायीले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि कुनै पनि सांसद दलीय अनुवन्धनमा नरहने र स्वतन्त्र हैसियतमा प्रधानमन्त्री चयन गर्न पाउने जिकिर गरिरहेका बेला बास्कोटाले त्यसको कटाक्ष गरेका हुन् ।

Classic Tech Desktop

उनले भने ट्वीट गर्दै भनेका छन्, ‘विपक्षी सडकमा तर किन रु हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्स्थापनाका लागि सडकमा हो रु संविधानको धारा ७६को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्धै रहेन।त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो ।’


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।


प्रतिकृया