• १२ असोज २०८३, सोमबार
  • ३ः४५ दिउँसो

सुर्यबिनायक नगरपालिकाको आ.ब.२०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार ०९:५६

सुबास कुँवर

National Life

भक्तपुर : सुर्यबिनायक नगरपालिकाको नगरसभाको नवौं अधिेबेशनले आ.ब.२०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । ‘कृषि, शिक्षा,पर्यटन र पुर्वाधार,सूर्यविनायक समृद्धिको मुल आधार’ भन्ने मुल नाराका साथ भएको सूर्यविनायक नगरपालिकाको ९ औं नगर सभामा नीति तथा कार्यक्रम सुझाब सहित पारित भएको हो । सभामा नगर प्रमुख बासुदेब थापाले आ.ब.२०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


नीति तथा कार्यक्रममा कोरोना महामारीका कारण सामाजिक तथा आर्थिक क्षेत्रमा परेको प्रतिकुलतालाई सम्बोधन गर्दै समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा सहित दिगो बिकासको लक्ष्य हासिल गर्न हाम्रो रहर समृद्ध नगरको परिकल्पना गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोभिड माहामारी बिरुद्धको अभियानमा डटेर सामना गर्न सुर्यबिनायक नगरपालिकाले सामुहिक आब्हान अभियान संचालन गर्ने भएको छ ।नेपाल सरकार र प्रदेश सरकारसँगका सहकार्य र सहलगानीमा बिशिष्टिकृत सेवा सहित सबै प्रकारका स्वास्थ्य सुबिधा उपलब्ध गराउने सुबिधा सम्पन्न अस्पताल संचालन गर्ने अन्तिम तैयारी भैरहेको छ भने स्वस्थ नगर हामी सबैको रहर नारा अघि सारेको छ ।नगरले बालबालिकालाई बिद्यालय ल्याई सिकाऔं,टिकाऔं र बिकाऔं को नीतिलाई निरन्तरता दिएको छ भने युवालाई कृषिमा आकर्षित गर्न आफ्नो ठाउँ आफै बनाऔं अभियान संचालन गर्ने भएको छ ।


योजनाबद्ध शहरी बिकास ,सुरक्षित बिकासको निकास ,नगर प्रमुख उज्यालो कार्यक्रम ,सडकको नियमित मर्मत संभार,निर्मित पुर्वाधारको दिगोपनको आधार,एक नगरपालिका एक उद्योग ग्राम ,युवाका लागि म सक्छु म गर्छु अभियान ,रोजगारीमा सहयोग गर्न श्रम सुचना बैंक,खाद्य संकट उत्पन्न हुन नदिन फुड बैंक ,सफा र हरित शहर ,एक घर एक धारा नीति ,सुर्यबिनायक नगर,बिपद जोखिमबाट सुरक्षित शहर ,कमजोरका लागि नगरप्रमुख राहत कोष,सडक मानबमुक्त नगर,स्थानीय कानुन सबैले जानुन् अभियान नीति तथा कार्यक्रम मार्फत अघि सारेको छ ।


कर्मचारीलाई प्रोत्साहन गर्न बर्ष कर्मचारी पुरस्कार,हाम्रो कर हाम्रै बिकासको भर अभियान संचालन जस्ता बिबिध अभियान तथा नीतिका साथ हाम्रो नगर समृद्ध नगरको दीर्घकालिन सोच र लक्ष्यलाई मार्गदर्शक दस्ताबेजको रुपमा अघि सारेको छ ।


यस अघि सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त संघीयताको उपलब्धीलाई नयाँ मोडालिटीमा लैजानुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।


नेता बस्नेतले समय र जनताको माग र चाहना अनुसार वर्तमान संघीयताको व्यवस्थालाई आगामी निर्वाचनसँगै परिवर्तनका एजेण्डा बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ निर्वाचनमा विशिष्ट प्रकारका सांस्कृतिक पहिचानका एजेण्डा, २०६२÷०६३ को आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाको एजेण्डा, संघियता, धर्मनिरपेक्षता, समानुपातीक, समावेशीतालगायतको व्यवस्थामा भएका कमि कमजोरीलाई सुधार गर्ने एजेण्डा, संसदीय ढाँचा भन्दा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको एजेण्डा बनाउनुपर्छ ।


प्रदेश सरकारको बारेमा नयाँ मोडालिटी बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै नेता बस्नेतले प्रदेश सरकारले जनतालाई प्रत्यक्ष बुझ्ने, देख्ने र भोग्ने गरीको बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार तीन वटै तहका सरकारको मध्यस्तताको माध्यमबाट अगाडी बढाएमा जनताको चाहना अनुसार मुलुक रुपान्तरण गर्न सकिने धारणा उहाँले राख्नुभयो । जसले गर्दा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन सफल हुने उहाँको धारणा रहेको छ ।


उहाँले भन्नुभयो, ‘प्रदेशभित्रका सवै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रदेशसभाको सदस्यको जस्तै भूमिका दिनुपर्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखकै माध्यमबाट प्रदेश सरकार निर्माण गर्ने र स्थानीय तहका नेतृत्वमा बनेको प्रदेश सरकारले संघीय सरकारको बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने, स्थानीय तहको बजेट तथा कार्यक्रमलाई अनुगमन गर्ने, प्रभावकारी कार्यान्वयन तथा नियमन गर्ने कार्य गरेमा संघीयतालाई व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ ।’


निर्वाचनको विधिबाट सम्पूर्ण कुराहरुलाई हल गर्न सकिने धारणा राख्दै नेता बस्नेतले संसदीय व्यवस्थामा दलहरुबीच फोहोरी खेल हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । स्थानीय तहका जनप्रतिनिधि जस्तै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरी कुनै पनि कुरालाई फेल गराउने तथा अविश्वासको प्रस्ताव लैजाने व्यवस्थालाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।


नगरपालिकाले जनअपेक्षा अनुसार काम गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्दै नेता बस्नेतले तीन वटै तहका जनप्रतिनिधिले नीति निर्माणमा मात्र हैन विकास र समृद्धिको यात्रालाई नेतृत्व गर्नुपर्ने बताउनुभयो । हनुमन्ते करिडोर रोक्न विभिन्न तत्वहरु लागेको जसको लागि नगरपालिकाले आवश्यकमात्रामा पहल गर्न नसकेको गुनासो व्यक्त गर्दै नेता बस्नेतले उक्त बजेट फिर्ता गएको खण्डमा करिडोर बनाउन कहिले पनि बजेट पुनः नआउने बताउनुभयो ।


बालकुमारीदेखी रानीकोटको सडक निर्माण तिव्र गतिमा अगाडी बढिरहेको उल्लेख गर्दै उहाँले प्राणी उद्यानको निर्माण ढिलो भइरहेको जसको लागि व्यवस्थित गर्नको लागि नगरपालिकाले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । गुण्डुमा औद्योगीक क्षेत्र निर्माणको कार्य अगाडी बढेको जानकारी गराउँदै उहाँले औद्योगीक क्षेत्रको निर्माणसँगै रोजगारीको ढोकाहरु खुल्ला हुँदै जाने बताउनुभयो ।

प्रतिकृया