• 9:46 pm

नागार्र्जुनले ल्यायो एक अर्ब, ९६ करोडको बजेट

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार १०:१३

काठमाडौं : नागार्जुन नगरपालिकाले एक अर्ब, ९६ करोड, ७५ लाख, २५ हजार रुपियाँको बजेट ल्याएकोे छ । नगरपालिकाको बुधवार बसेको पाँचौ नगरसभाले उक्त बजेट ल्याएको हो । नगरपालिकाले ल्याएको बजेटमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न प्राथमिकता दिएर नगरपालिकाले बजेट ल्याएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताउनुभयो ।



कोरोना पीडित किसानलाई कृषि औजार, मल तथा बीउविजनमा ५० प्रतिशत अनुदान दिने नगरपालिकाको अगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



एक वडा एक उत्पादनको अवधारणा अनुसार स्थानीय स्तरमा सबै भन्दा बढि संभाव्यता देखिएका स्रोत र साधनको पहिचान गरी त्यसमा औद्योगिक वस्तुको उत्पादनमा प्रबद्र्धन गर्ने, कृषि पकेट क्षेत्र विस्तार गर्ने नीति नगरपालिकाको छ । सार्वजनिक र पर्ति जग्गा संरक्षण गर्ने, नगरपालिकालाई खेलकुद सहरको रुपमा विकास गरी खेल पर्यटन प्रबद्र्धन गर्ने नीति नगरपालिकाले बनाएको छ ।



नगरपालिका प्रमुख बस्नेतले नगरपालिकाले यसअगाडि चार वर्षसम्म ल्याएका बजेट सफल रुपमा कार्यान्वयन गरेकाले यो बजेट कार्यान्वयन गरी नगरबासीको विकास निर्माण र सुशासनको प्रत्याभूतिलाई पूरा गर्ने बताउनुभयो ।



सो अवसरमा नगर उपप्रमुख सुशिला अधिकारीले आगामी वर्षको लागि नीति कार्यक्रम र बजेट सभामा पेश गर्नुभएको थियो । नगरसभामा प्रदेश सभा सदस्य केशब पोखरेलले नगरपालिकाको बजेट सफल रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया