• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७८ जेष्ठ २८ गते, शुक्रबार ०३:५१

काठमाडौँ : सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले कम्पनीको १९ औं वार्षिक साधारणसभा शुक्रबार भर्च्युअल माध्यमबाट सम्पन्न गरेको छ। उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए।


०७६.७७ मा विभिन्न बिमा व्यवसायअन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बिमा शुल्क आर्जन गरेकोे थियो भने यस आर्थिक वर्षको साधारण सभा भएको दिनसम्म २ अर्व १ करोडभन्दा बढी बिमा शुल्क आर्जन गरिसकेको छ। उक्त बिमा शुल्क संकलन गत आवको सोहीको तुलनामा १६.०७ बढी छ।

Kamana Sewa

सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

Classic Tech Desktop

प्रतिकृया