• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू : विश्वप्रकाश शर्मा

प्रकाशित मिति

२०७८ जेष्ठ १८ गते, मंगलवार १०:०२

काठमाडौं : संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेका थिए।


प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गर्दै ट्वीट गरेका छन्।‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ उनले भनेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको ञभावनात्मक उत्तेजनाझ सदैव निन्दनीय हुन्छ।’

Kamana Sewa

उनले प्रधानमन्त्री ओलीलाई कटाक्षसमेत गरेका छन्। ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रतारु विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञानरु प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब।’

Classic Tech Desktop

के भनेका थिए प्रधानमन्त्री ओलीले ? कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छरु कुन हैसियतमा पुर्‍याउँदै हुनुहुन्छरु बडो गम्भीर विषय छ।पूर्वन्यायमूर्ति, उहाँहरुले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छरु पेन्सन खाएर। आफ्नो समयमा केही नगर्ने, अनि वर्तमान न्यायालयका कामकारवाहीमाथि हस्तक्षपकारी ताण्डव गर्ने सडकमार यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ, तर म भन्न चाहन्छु, यस प्रकारका आउटडेटेड इलिमेन्टहरुबाट, यस्ता इलिमेन्टहरुबाट देशलाई दुष्प्रभावित हुन दिइने छैन, जोगाइने छ।

प्रतिकृया