• १२ असोज २०८३, सोमबार
  • १ः५२ दिउँसो

कार्यविधि बनाए रै आइसोलेशन सञ्चालन : बोहरा

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०२:४९

काठमाण्डौं : तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराले कार्यविधि बनाएर नगरपालिकाले आइसोलेशन सञ्चालन गरेको बताएका छन् । नगरपालिका वडा नं १ साङ्ला स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर केही सयमअघि देखि सञ्चालनमा ल्याएको थियो । बोहराले नगरबासीहरुको मनोबल बढाउनको लागि स्थानीयवासीहरुको समेत चाहनालाई सम्बोधन गदै आइसोलेसन सञ्चालनमा ल्याएको जनाए ।

National Life

कोरोनाका बिरामीहरु वडा कार्यालयहरु तथा त्यहाँ रहेको स्वास्थ्य शाखाको सिफारीसमा मात्र भर्ना गरिने व्यवस्था गरिएको छ । बोहराले कोरोनाको पहिलो फेजका बिरामीहरुलाई आइसोलेसन सेन्टरमा भन्दा पनि होम आइसोलेसनमै बस्ने वातावरण बनाउन वडा तथा नगर स्वास्थ्यमार्फत टोली परिचालन गरिएको छ । होम आइसोलेशनमा बस्न असहज भएका व्यक्तिलाई नगरपालिकाले बनाएको आइसोलेशनमा बस्ने व्यवस्था नगरपालिकलो गरेको छ ।


उनले भने “कोरोनाका सङ्क्रमितले मनोबल उच्च पार्नुपर्छ, उच्च मनोबलले धेरै रोगसँग लड्न सक्ने क्षमता बृद्धि गर्छ ।” नगरपालिकाका उपप्रमुख भवानी डोटेलले नागरिकहरुलाई जोगाउन आइसोलेसन बनाएर नगरले एक पाइला अगाडी बढेको स्पष्ट परे । नगरपालिकाले गरेका कतिपय राम्रा कामका बारेमा सञ्चार माध्यममार्फत समाचार सम्प्रेषण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले सञ्चार माध्यमको भूमिका राम्रो काम फैलाउने र नराम्रा काम औंल्याउने रहेको डोटेलले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालले नगरपालिकाले आइसोलेशन सञ्चालनका लागि विभिन्न उपसमितिहरु निर्माण गरी आइसोलेन कक्षलाई थप प्रभावकारी बनाइएको जानकारी समेत दिएका छन् । तारकेश्वर नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यमा नियमित रुपमा नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया