• ११ असोज २०८३, आइतबार
  • १०ः१९ बिहान

आइपिएलका बाँकी खेलहरु युएईमा हुने

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०२:१५

काठमाडौँ : इन्डियन प्रिमियर लिगका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई) मा हुने भएको छ। बिसिसिआईको विशेष साधारणसभाबाट यस्तो निर्णय गरिएको हो। बिसिसिआईका सबै सदस्यहरु आइपिएलका बाँकी खेलहरु युएईमा गर्न सहमत भएका हुन्।

National Life

यसअघि भारतमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर आइपिएलका खेलहरु अनिश्चितकालका लागि रोकिएको थियो। केही टिमका खेलाडीहरुलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो। जारी आइपिएलका पहिलो चरणका २९ खेल भएका छन्। अब ३१ खेल हुन बाँकी छ।

प्रतिकृया