• ४ साउन २०८३, सोमबार
  • ३:५० बिहान

बुद्ध जयन्तीमा नेपालको ओली लक्षित सन्देश : हेपाहा र कपटी साथी नबनाऊ

प्रकाशित मिति

२०७८ जेष्ठ १२ गते, बुधबार ०३:३३

काठमाडौं:  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्ध जयन्तीको अवसरमा बुद्धको सन्देशसहित एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । नेता नेपालले हेपाहा र कपटीलाई साथी नबनाउ भगवान गौतम बुद्धको मार्गनिर्देश महत्त्वपूर्ण रहेको बताएका छन् ।


नेपालले फेसबुकमा लेखेका छन्,- बुद्धको मार्गनिर्देशनअनुसार सही बाटो अवलम्बन गर्दै निरन्तनर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ‘बुद्धवाणीमा भनिएजस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्त्वपूर्ण दर्शन हुन् । यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराखजस्ता मार्गदर्शन महत्त्वपूर्ण छन्,।

Kamana Sewa

नेता नेपालले किराँतहरूको पर्व उभौलीप्रति पनि शुभकामना व्यक्त गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया