• 10:08 pm

माधव नेपालको आह्वान– यो प्रतिगमन भाग ( २ ) हो, डटेर प्रतिवाद गरौं

प्रकाशित मिति

२०७८ जेष्ठ ८ गते, शनिबार ०९:०९

Madhav nepal 0 e1648195095100

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ ।


नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग ( २ ) भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्र्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान पनि गरेका छन् ।


“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ,” उनले भनेका छन् ।


188300557 1317722261963279 9025829101327070505 n e1621653803254

प्रतिकृया