‘देशघाती’ यत्तिमै रोकिनेवाला छैनन् : गगन थापा
प्रकाशित मिति
२०७८ जेष्ठ ८ गते, शनिबार ०८:४५
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले महामारीमा त यस्तो अधम गर्न सक्ने ‘देशघाती जोडी’ यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेको धारणा यस्तो छ–

खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन कस्तो सेटिङ प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए !
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण ! न अलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।





प्रतिकृया