• ४ साउन २०८३, सोमबार
  • १:४५ बिहान

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’, आम्दानीको आधारमा बीमाङ्क छनोट गर्न सकिने

प्रकाशित मिति

२०७८ जेष्ठ २ गते, आईतवार ०४:२०

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमा गर्न सकिने नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

यस बीमा योजना अन्तर्गत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बिमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । त्यसैगरी, बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक० बीमितको मृत्यु भएमा ‘बीमाङ्क रकम र आर्जित बोनस’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।

Kamana Sewa

यदि दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको छ भने चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घटना मृत्यु लाभ सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनस रकम’ एकमुष्ट भुक्तानी पाइनेछ ।

Classic Tech Desktop

त्यसैगरी दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त सुविधा लिएको छ भने बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा ‘बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’ मा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस नौलो सुरक्षित जीवन बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा कम्पनीले १५ सम्म छुट प्रदान गर्नेछ । बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गरी ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०५ सम्म ऋण सुविधा लिन सकिनेछ ।

प्रतिकृया