• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि १४५ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ जेष्ठ २ गते, आईतवार ०४:३६

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

Kamana Sewa

प्रतिकृया